छिमेक लघुवित्तले माग्यो ३७ जना कर्मचारी, +२ पास भएकाले आवेदन दिन पाउने

feature 1785137861091 https://bajarkochirfar.com/private-job/chhimek-laghubitta-seeks-37-employees-2-pass-candidates-are-eligible-to-apply/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Chhimek Laghubitta Bittiya Sanstha Limited
◆ पद (Position / Title):Assistant Unit Manager
◆ रिक्त संख्या (Vacancies):३७
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०४/११
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/०२

◆ संक्षिप्त जानकारी (Summary):

छिमेक लघुवित्तले ३७ जना सहायक इकाई प्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतियोगिताद्वारा रिक्त पदहरू पूर्ति गर्नका लागि कर्मचारी माग गरेको छ। संस्थाले सहायक श्रेणी (तह ४) को ‘सहायक इकाई प्रबन्धक’ पदका लागि कुल ३७ जना कर्मचारीको आवश्यकता रहेको जानकारी गराएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले २०८३ भदौ २ गतेभित्र आवेदन दिन सक्नेछन्।

यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह (इन्टरमिडिएट) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। ग्रामीण एवं दुर्गम क्षेत्रका शाखाहरूमा बसी काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।

आवेदन फारम संस्थाको वेबसाइट वा तोकिएका कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ। दरखास्तका साथ बायोडाटा, पासपोर्ट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यता, नागरिकता, तालिम तथा अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि र सम्पर्क फोन नम्बर समावेश गरी फिदिम, इटहरी, बुटवल, पोखरा, सुर्खेत लगायतका विभिन्न तोकिएका शाखा वा केन्द्रीय कार्यालय काठमाडौंमा बुझाउनु पर्नेछ।

परीक्षा दस्तुर ३०० रुपैयाँ तोकिएको छ, जुन प्रभु बैंकको नयाँ बानेश्वर शाखामा रहेको संस्थाको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ। छनौट प्रक्रियामा लिखित र अन्तर्वार्ता समावेश गरिएको छ। लिखित परीक्षामा सफल हुने उम्मेदवारलाई ६ महिनाको तालिममा समावेश गरिनेछ र तालिम पश्चात पुन: परीक्षा लिई सफल हुनेलाई ६ महिनाको परीक्षणकालमा नियुक्त गरिनेछ।

थप सुचनामा:

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ३७ जना सहायक इकाई प्रबन्धक माग

Related Opportunities

Organization

कान्तिपुर मिडिया ग्रुपद्वारा विभिन्न विधाका लागि प्रशिक्षार्थी पत्रकार माग

Deadline : Refer to Notice
View Details →

Annapurna Helicopters Pvt. Ltd

अन्नपूर्ण हेलिकप्टर्स प्रालिद्वारा विभिन्न प्राविधिक तथा प्रशासनिक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा जुनियर असिस्टेन्ट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

तुन्डी कन्स्ट्रक्सन प्रा. लि. द्वारा इन्जिनियरिङ र व्यवस्थापनका विभिन्न पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडद्वारा इन्भेष्टमेन्ट हेड पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सनिमा बैंकद्वारा आन्तरिक लेखापरीक्षण विभागका लागि सहायक अधिकृत पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स