नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट वर्षभरि २४ सैं घन्टा २५० मेगावाट विद्युत आयात गर्ने तयारी भइरहेको बताएका छन्।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग विराटनगरमा भएको छलफलमा शाक्यले लोडसेडिङ समस्याको समाधानका लागि यस्तो योजना अघि बढाइएको जानकारी दिए। उद्योगीहरूले सुख्खा याममा दैनिक १० घन्टासम्म लोडसेडिङले उत्पादनमा असर पारेको गुनासो गरेका थिए।
उनीहरूले डेडिकेटेड लाइनको विवाद समाधान गर्न माग गरेका थिए, जसमा शाक्यले सकारात्मक प्रतिक्रिया जनाए। प्राधिकरणले त्यही दिन बढी विद्युत उपभोग गर्ने १० उद्योगलाई सम्मानसमेत गरेको थियो।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया