अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान साढे ११ बजे फोनवार्ता हुने निश्चित भएको छ। यसअघि मंगलबार वार्ता हुने तयारी भए पनि अन्तिम समयमा तालिका सारिएको हो।
प्रधानमन्त्री कार्की हाल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन पछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी छन्। सरकार गठन भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिँदै, नेपालमा महिला नेतृत्वको उदयलाई ऐतिहासिक उपलब्धि भन्दै प्रशंसा गरेका थिए। मोदीले गत शनिबार मणिपुरमा आयोजित कार्यक्रममा समेत कार्कीलाई नेपालको राजनीतिक परिवर्तन र महिला सशक्तीकरणको उदाहरणका रूपमा उल्लेख गरेका थिए।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया