सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य तत्काल घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार इण्डियन आयल कर्पोरेशनले तोकेको मूल्यका आधारमा नेपालमा इन्धन बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउने सम्भावना सीमित छ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताए। उपभोक्तामाथि मूल्यवृद्धिको चाप परिरहेको भए पनि सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा घाटा खाएर बिक्री गरिरहेको उनको भनाइ छ।
सचिव राउतका अनुसार पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरेमा इन्धनको मूल्य अहिलेको भन्दा अझै बढी हुन सक्नेछ। उपभोक्ता मारमा नपरुन् भन्ने उद्देश्यले तत्काल स्वचालित मूल्य प्रणाली लागू नगरिएको उनले स्पष्ट पारे।



















प्रतिकृया