नेप्से पछिल्लो समय बढ्दो चरणमा रहेको देखिन्छ। तर यो बढाई बजारका सबै सेक्टरमा समान रूपमा आएको भने छैन। केही सेक्टरले उल्लेखनीय वृद्धि गरेका छन्, भने केही अझै कमजोर अवस्थामा नै छन्। विशेषगरी बैंकिङ सेक्टर जसको नेप्सेमा सबैभन्दा बढी वेटेज छ, अन्य सेक्टरको तुलनामा बैंकिङ सेक्टर सबैभन्दा कमजोर देखिएको छ।
२०७८ साल साउनमा नेप्सेले आफ्नो ऐतिहासिक उच्च विन्दु (अल टाइम हाइ) बनाएपछि बजार डाउन ट्रेन्डमा गएको थियो। लगातारको गिरावटले २०७९ असार ५ मा नेप्से १८०७ को बिन्दुसम्म झरेको थियो। त्यसपछि बजार साइडवेज ट्रेन्डमा गयो। नेप्से साईडवेज़ ट्रेण्डमा जाँदा केही सेक्टरले सुधार देखाए पनि बैंकिङ क्षेत्र भने निरन्तर घट्ने क्रममै थियो।
बैंकिङ सेक्टरको सूचक २०८१ साल जेठ महिनामा १०१० को बिन्दुमा झरेर बटम लागेको थियो। त्यसपछि मात्रै यसले केही सुधार देखाएको हो। हालसम्म नेप्से ४८ प्रतिशतले उकालो लाग्दा पनि बैंकिङ क्षेत्र भने केवल ३३ प्रतिशतले मात्र माथि उठ्न सकेको छ। तर, अन्य धेरै सेक्टरहरू उल्लेखनीय रूपमा उकालो लागेका छन्। बैंकिङ क्षेत्रको तुलनामा अन्य वित्तीय संस्थाहरू जस्तै माइक्रोफाइनान्स र फाइनान्स सेक्टरले समेत राम्रो प्रदर्शन गरेका छन्।
नेप्सेमा सूचीकृत विभिन्न सेक्टर मध्ये हालसम्म सबैभन्दा बढी बढ्ने सेक्टर ट्रेडिङ सेक्टर रहेको छ। हालसम्म नेप्से ४८ प्रतिशतले बढ्दा ट्रेडिङ सेक्टर भने १७७ प्रतिशतले बढेको छ। त्यस्तै फाइनान्स सेक्टर पनि ११५ प्रतिशतले बढेर सबैभन्दा बढी बढ्ने सेक्टरको दोस्रो स्थानमा रहेको छ। तेस्रो धेरै बढ्ने सेक्टरमा विकास बैंक रहेको छ विकास बैंक ९२ प्रतिशतले बढेको छ।
त्यसपछि क्रमश: इन्भेष्टमेन्ट ९० प्रतिशत, नन् लाईफ इन्स्योरेन्स ७९ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग ६५ प्रतिशत, अदर्स ६१ प्रतिशत, माइक्रो फाइनान्स ६० प्रतिशत र लाइफ इन्स्योरेन्स ४९ प्रतिशतले बढेको छन्।
बैंकिङ क्षेत्रकै तुलनामा उच्च जोखिमयुक्त वित्तीय संस्था जस्तै फाइनान्स र माइक्रोफाइनान्स भने तीव्र गतिमा बढेका छन्। तर नेप्सेमा सबैभन्दा धेरै वेटेज रहेको बैंकिङ सेक्टर भने अझै सुस्त गतिमा अघि बढिरहेको छ।







![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-768x432.jpg)






![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)
प्रतिकृया