नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कर्मचारी संघले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकालप्रति असन्तुष्टिको आशय सहित पुँजी बजारको दीर्घकालीन विकास र लगानीकर्ताको हित संरक्षणका लागि व्यवसायिक दक्षता, नैतिकता तथा पूँजी बजारसम्बन्धी गहिरो ज्ञान भएका नेतृत्वको नियुक्ति गर्न सरकारलाई आग्रह गरेको छ।
नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीको कार्यकाल माघ २५ गते समाप्त हुँदैछ। चन्द्र सिंह साउद सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रकरणमा मुछिएर राजीनामा दिएपछि २०७८ माघ २० गते खुला प्रतिस्पर्धाबाट कार्की तीन वर्षका लागि सीईओ नियुक्त भएका थिए।
कर्मचारी संघले विज्ञप्ति जारी गर्दै नेप्सेको पुनर्संरचना, साना तथा मझौला कम्पनीको सेयर कारोबार विस्तार, नयाँ कारोबार योग्य उपकरणहरूको परिचालन, र प्रविधि अद्यावधिक गर्न जस्ता चुनौतीहरूको सामना गर्न सक्षम नेतृत्व आवश्यक भएको जनाएको छ।
संघका अध्यक्ष नवराज थापा र सचिव पुजन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा सीईओ चयन गर्दा पुँजी बजारको दीर्घकालीन विकास र लगानीकर्ताको हित सुरक्षामा प्रतिबद्धता देखाउने नेतृत्वको छनोट हुनुपर्नेमा जोड दिइएको छ।
संघले अर्थ मन्त्रालयलाई पुँजी बजार सुधारका लागि आवश्यक ज्ञान र सीप भएको व्यक्ति छनोट गर्न विशेष ध्यान दिन आग्रह गरेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया