मंगलबार नेपालको दुई स्थानमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएका भूकम्प गएको हो।
केन्द्रका अनुसार, आज दिउँसो ३ बजेर १३ मिनेटमा दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसैगरी, आज बिहान ६ बजेर १५ मिनेटमा गोरखाको अजिरकोट–३ हंशपुर आसपासलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
















प्रतिकृया