नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, आफ्ना कर्मचारीहरू तथा सामूहिक लगानी कोषहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले कुल ७५ करोड रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसअनुसार, १० प्रतिशत (२ लाख २५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि, र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा, बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अवधि फागुन १५ गतेसम्म खुला रहनेछ, तर सो अवधिभित्र सम्पूर्ण सेयर बिक्री नभएमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिन सक्नेछ।
यस आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखाहरू, वा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
कम्पनीले गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले ‘CARE NP Double B Minus Issuer Rating’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।










![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया