अब नेपाली नागरिकले व्यक्तिगत घटना विवरणमा भएको त्रुटिका कारण झन्झट व्यहोर्नु नपर्ने भएको छ। सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी ऐनमा संशोधन गर्दै विवरण सच्याउने व्यवस्था मिलाएको हो।यसअघि लागू भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्र मात्र सच्याउन मिल्ने व्यवस्था थियो। त्यो पनि २०७६ सालपछि जन्मेका बालबालिकाका लागि मात्र लागू हुने व्यवस्था थियो।
यस कारण पहिल्यै जन्म दर्ता भइसकेका तर अन्य कागजात नबनाइएका व्यक्तिका सन्तानहरू समस्यामा परिरहेका थिए। यही समस्यालाई समाधान गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो। संशोधित कानुनअनुसार अब एकपटकका लागि व्यक्तिगत घटना विवरणमा नाम, थर, उमेर वा अन्य विवरण सच्याउने अवसर प्रदान गरिएको छ। अब सम्बन्धित व्यक्तिले स्थानीय पञ्जीकरण कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर उक्त विवरण सच्याउन सक्नेछन्।




















प्रतिकृया