मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयर लिलाममार्फत बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर इच्छुक सबै लगानीकर्ताले खरिद गर्न सक्ने गरी खुला गरेको जनाएको छ।
बैंकका अनुसार संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिन चाहनेले न्यूनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म, १० को गुणांकमा आवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि इच्छुकले आज जेठ ७ गतेदेखि जेठ १४ गतेभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
















प्रतिकृया