माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यस चरणमा आयोजना प्रभावित स्थानीयवासी तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका स्थानीय बासिन्दाका लागि ६ लाख ८० हजार कित्ता आईपीओ छुट्याएको छ। यसमा स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा वैशाख ३१ गतेसम्म दिन सकिनेछ र सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १८ गतेसम्म अवधि लम्बिनेछ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले १ लाख ७२ हजार कित्ता आईपीओ निष्काशन गरेको छ। यस समूहका आवेदकहरूले पनि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति वैशाख २३ गतेसम्म तोकिएको छ।
पहिलो चरणको निष्काशनपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया