मन्दाकिनी हाइड्रोपावरको लक–इन अवधि सकिँदै, साउन १६ गतेपछि ४८ लाख बढी सेयर कारोबारमा आउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १२ गते
मन्दाकिनी हाइड्रोपावरको लक–इन अवधि सकिँदै, साउन १६ गतेपछि ४८ लाख बढी सेयर कारोबारमा आउने

मन्दाकिनी हाइड्रोपावर लिमिटेडका संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका लागि बाँडफाँट गरिएको सेयरको लक–इन अवधि आगामी साउन १६ गते समाप्त हुँदैछ।

आईपीओ बाँडफाँट भएको मितिबाट तीन वर्षसम्म संस्थापक समूहसँगै कर्मचारी र स्थानीयको सेयर लक–इनमा राखिनुपर्ने प्रावधान छ। कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो। सोही मितिबाट तीन वर्षको अवधि पूरा हुने भएपछि अब यी सेयरधनीले सेयर बजारमा कारोबार गर्न सक्नेछन्।

अब ४१ लाख ७० हजार ५९७ कित्ता संस्थापक सेयर, ६ लाख ४८ हजार ७६२ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर र २५ हजार ८५८ कित्ता कर्मचारीको गरि कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयर साउन १६ गतेपछि दोस्रो बजारमा कारोबार हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स