चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक पुनः पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ११:३५ बजेबाट पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसअघि बिहान ३:१५ बजे पनि सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको थियो। केही समय सञ्चालनमा आएको सडक फेरि पहिरो खस्दा दुईतर्फी रूपमा अवरुद्ध भएको हो। हाल पहिरो पन्छाउने कार्य जारी रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।




















प्रतिकृया