स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले दक्षिण एसियामा बढ्दो ऊर्जाको माग पूरा गर्न नेपालले महत्वपूर्ण भूमिका खेल्ने भन्दै लगानीका लागि बजारको चिन्ता नगर्न आग्रह गरे।
उनले २५ वर्षमै नेपालले ३,५०० मेगावाट विद्युत् उत्पादन क्षमतामा पुग्न सफल भएको र यसमा ८० प्रतिशत निजी क्षेत्रको योगदान रहेको जानकारी दिए। त्रिशूली–१ जलविद्युत् आयोजना र हाइड्रो नेपाल परियोजनामा फ्रान्सको योगदानको प्रशंसा गर्दै उनले द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन जोड दिए।
उनले ऊर्जा व्यापार, कार्बन ट्रेड, स्मार्ट ग्रिड, डिजिटल जलविद्युत् व्यवस्थापन, र नवप्रवर्तन जस्ता क्षेत्रहरूमा समेत फ्रान्सेली लगानीकर्तासँग सहकार्यको अपार सम्भावना रहेको उल्लेख गरे। सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित नेपालले प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने तयारी गरिरहेको पनि उनले बताए।















प्रतिकृया