यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको सूचना सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम सूचना प्रकाशित गर्दै तोकिएको अवधिसम्म ती कम्पनीहरू सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको हो ।

कार्यालयका अनुसार नेपाली सेना अन्तर्गतको वीरेन्द्र अस्पताल, सडक डिभिजन ललितपुर, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछाप, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत, गौरिगंगा नगरपालिका कैलाली, सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेत तथा सडक पूर्वाधार विकास कार्यालय बुटवलको सिफारिसमा विभिन्न कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्ने कम्पनीहरूमा सोनी बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा.लि., नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि., मजदूर कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा प्रा.लि. लगायत रहेका छन् । उनीहरूलाई एक वर्षदेखि एक वर्ष छ महिनासम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

eight companies blacklisted notice 1778569194273 https://bajarkochirfar.com/if-these-construction-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what-5 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स