बाफिया जस्ताको तस्तै पास भए उद्योगधन्दा बन्द हुन्छ: अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १४ गते
बाफिया जस्ताको तस्तै पास भए उद्योगधन्दा बन्द हुन्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन प्रस्ताव जस्ताको तस्तै पारित भए देशको उद्योगधन्दा नै बन्द हुनसक्ने बताएका छन्। नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको ‘देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक कार्यक्रममा बोल्दै उनले प्रस्तावित व्यवस्थाले आर्थिक गतिविधिमा गम्भीर असर पार्न सक्ने बताए।

ढकालले व्यवसायी र बैंकरलाई छुट्याउने भनिएको प्रस्तावले अर्थतन्त्रमै समस्या ल्याउने भन्दै आपत्ति जनाए। उनले ऐनअनुसार ५१ प्रतिशत सेयर संस्थापकलाई दिने व्यवस्था र १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने भनिएको प्रावधान अत्यन्तै कठोर भएको टिप्पणी गरे। उनका अनुसार यस्तो अवस्था आएमा अधिकांश उद्योग र व्यवसाय बन्द हुन सक्ने जोखिम रहन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स