ठेक्का सम्झौताअनुसार काम नगरेका ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता फर्म कालोसूचीमा परेका छन्। सडक डिभिजन कार्यालय नुवाकोटको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ कम्पनी र एक जेभीमाथि कारबाही गरेको हो।
कालोसूचीमा परेकामध्ये पाँच वटा कम्पनी नुवाकोटका छन् भने काठमाडौं र धादिङका दुई–दुई तथा एउटा कम्पनी रसुवाको रहेको छ। नुवाकोटका लवकुश कन्स्ट्रक्सन, विजय निर्माण सेवा, वीवाईएन कन्स्ट्रक्सन र न्यु कामना युनिभर्सल जेभी, काठमाडौं ताहाचलको दीपश्री इन्जिनियरिङ र नयाँ बानेश्वरको चन्द्रसूर्य निर्माण सेवा, धादिङ थाक्रेको एसवाइके कन्स्ट्रक्सन र नीलकण्ठको गरिबी कन्स्ट्रक्सन तथा रसुवा धुन्चेको थुप्देन निर्माण सेवा कारबाहीमा परेका छन्।
बुधबार जारी सूचनाअनुसार कालोसूचीमा परेका यी कम्पनीहरूले कारबाही अवधिभर सार्वजनिक खरिद प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन्।

















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)

प्रतिकृया