एकैपटक ९ निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

एकैपटक ९ निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

ठेक्का सम्झौताअनुसार काम नगरेका ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता फर्म कालोसूचीमा परेका छन्। सडक डिभिजन कार्यालय नुवाकोटको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ कम्पनी र एक जेभीमाथि कारबाही गरेको हो।

कालोसूचीमा परेकामध्ये पाँच वटा कम्पनी नुवाकोटका छन् भने काठमाडौं र धादिङका दुई–दुई तथा एउटा कम्पनी रसुवाको रहेको छ। नुवाकोटका लवकुश कन्स्ट्रक्सन, विजय निर्माण सेवा, वीवाईएन कन्स्ट्रक्सन र न्यु कामना युनिभर्सल जेभी, काठमाडौं ताहाचलको दीपश्री इन्जिनियरिङ र नयाँ बानेश्वरको चन्द्रसूर्य निर्माण सेवा, धादिङ थाक्रेको एसवाइके कन्स्ट्रक्सन र नीलकण्ठको गरिबी कन्स्ट्रक्सन तथा रसुवा धुन्चेको थुप्देन निर्माण सेवा कारबाहीमा परेका छन्।

बुधबार जारी सूचनाअनुसार कालोसूचीमा परेका यी कम्पनीहरूले कारबाही अवधिभर सार्वजनिक खरिद प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स