विदेश नै नगएका भारतका २ जनामा देखियो एचएमपीभी भाइरस
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर)ले सोमबार कर्नाटकमा दुई जनामा मेटापन्युमोभाइरस (एचएमपीभी) का केस पत्ता लागेको पुष्टि गरेको छ । यी केसहरू आइसीएमआर को विभिन्न श्वासप्रश्वाससम्बन्धी भाइरसको नियमित निगरानीको क्रममा पत्ता लागेको हिन्दुस्तान टाइम्सले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी गर्न गरिएको प्रयास अन्तर्गत यी केसहरू पहिचान गरिएका हुन्।
बेंगलुरुको बाप्टिस्ट अस्पतालमा भर्ना भएकी तीन महिने बालिकालाई एचएमपीभी भएको पुष्टि भएको हो। एचएमपीभी संक्रमित रहेको पुष्टि भएको छ। उपचारपछि ती बालिका अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्। ब्रोंकोप्नेमोनिया
यस्तै, आठ महिने बालक जसलाई पहिला ब्रङ्कोप्न्युमोनियाको भएको थियो उनलाई जनवरी ३ मा एचएमपीभी पोजेटिभ भेटिएको हो। उनी अहिले सुधारोन्मुख अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतको युनियन स्वास्थ्य मन्त्रालयले दुवै संक्रमित बालबालिकाको कुनैपनि अन्तर्राष्ट्रिय यात्राको इतिहास नरहेको स्पष्ट पारेको छ। केही दिनअघि चीनले ह्युमन मेटाप्निमोभाइरस (एचएमपीभी) को प्रकोप सामना गरिरहेको समाचार सार्वजनिक भएसँगै भारतमा पनि यसको संक्रमण पुष्टि भएको छ ।