हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणमा उच्च व्यवस्थापनको पुनर्संरचना गरेका छन्।सरकारले उनलाई चैत ११ गते कार्यकारी निर्देशक नियुक्त गरेपछि उनले उपकार्यकारी निर्देशक र निर्देशकहरूको सरुवा गरेका हुन्। चन्दन घोषलाई प्रवक्ताबाट हटाई राजाभाइ शिल्पकारलाई नियुक्त गरिएको छ। बागमती प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालाई ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा पठाइएको छ। ओझा वितरण तथा ग्राहक सेवाका निमित्त उपकार्यकारी निर्देशक थिए ।
चार महिनासम्म खाली रहेको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा प्रसारण निर्देशनालयका दीर्घायु कुमार श्रेष्ठलाई सरुवा गरिएको छ। प्रणाली व्यवस्थापन विभागका निर्देशक चन्दन घोषलाई प्रणाली योजना विभागमा पठाइएको छ भने प्रणाली योजनाकी निर्देशक रञ्जु पाण्डेलाई विद्युत प्रणाली सञ्चालन विभागमा स्थानान्तरण गरिएको छ। सरकारले शाक्यलाई नियुक्त गरेको दिनै प्राधिकरण सञ्चालक समितिले १० औँ तह र माथिल्लो तहका कर्मचारीहरूको सरुवा, बढुवा, र काज व्यवस्थापनको अधिकार बोर्डले गर्ने निर्णय गरेको थियो।


















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया