instainsta

रवि लामिछानेकाे दुई अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ हुँदै

रवि लामिछानेकाे दुई अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ हुँदै
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयलाई ‘गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै रद्द गर्न माग गरिएको छ।

महान्यायाधिवक्ताले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सामा दायर मुद्दामा अभियोग संशोधन गरेकी थिइन्। रिटमा यो निर्णय राजनीतिक प्रतिशोधमा आधारित, कानुनको कपटपूर्ण प्रयोग र बचतकर्ताको हितलाई खतरा पु-याउने ठहर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स