सांसद रिजालको व्यंग्य: ‘हृदयन्द्रलाई श्री ५ होइन, पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्छ’

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १४ गते
सांसद रिजालको व्यंग्य: ‘हृदयन्द्रलाई श्री ५ होइन, पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्छ’

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्र पुनर्स्थापना र हिन्दुराज्यको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई तीखो व्यंग्य गर्दै चुनौती दिएका छन्।

राप्रपाले राजसंस्थाको पक्षमा वकालत गरिरहेका बेला, आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रिजालले प्रश्न गरे, “यदि ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई ‘श्री ५’ बनाउनुपर्ने हो भने, मोहनशमशेरका नाति पशुपतिशमशेर राणालाई पनि ‘श्री ३’ किन नबनाउने?”

उनले सम्झाए, “तत्कालीन राजा त्रिभुवन र मोहनशमशेरबीचको सम्झौताबाट राणाशासन अन्त्य भएको थियो। ०६५ साल जेठ १५ बाट नेपालमा ‘श्री ५’ को युग समाप्त भएको हो। अहिले फेरि ‘श्री ५’ फर्काउने कुरा उठ्छ भने ‘श्री ३’ पनि फर्काउनुपर्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स