SHAREHUB SHAREHUB

महिला उद्यमीका लागि सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, १५ लाख रुपैयाँसम्म बिनाधितो ऋण पाइने

Advertisement Ads
महिला उद्यमीका लागि सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, १५ लाख रुपैयाँसम्म बिनाधितो ऋण पाइने
Advertisement Ads

महिला उद्यमीलाई वित्तीय पहुँच सहज बनाउने उद्देश्यसहित सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सार्वजनिक गरेको छ। महिलाको स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गर्दै बैंकले व्यवसाय विस्तार, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरतामा सहयोग पुग्ने गरी विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको हो।

यस योजनाअन्तर्गत योग्य महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।

सिद्धार्थ बैंकका अनुसार यो योजना परम्परागत बैंकिङ अभ्यासभन्दा फरक छ। कर्जा प्रवाहमा धितोलाई मात्र आधार नबनाई व्यवसायको सम्भावना र उद्यमीको क्षमता पनि मूल्यांकन गरिने व्यवस्था गरिएको छ।

यसका लागि बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको जनाएको छ।

उक्त प्रणालीमार्फत धितोको उपलब्धतासँगै व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह, व्यवस्थापकीय क्षमता तथा व्यवसाय विस्तारको सम्भावनालगायत पक्षको समग्र मूल्यांकन गरिनेछ। यसले सम्भावना भएका महिला उद्यमी धितो अभावकै कारण औपचारिक वित्तीय सेवाबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

Advertisement Ads

बैंकले महिला उद्यमीलाई कर्जा उपलब्ध गराउने मात्र नभई उनीहरूको व्यवसायलाई दिगो, प्रतिस्पर्धी र विस्तारयोग्य बनाउन वित्तीय साझेदारका रूपमा सहकार्य गर्ने लक्ष्य राखेको जनाएको छ।

बैंकका अनुसार यो योजनाले नयाँ व्यवसाय सुरु गर्न चाहने तथा सञ्चालनमा रहेका उद्यम विस्तार गर्न इच्छुक महिला उद्यमीका लागि वित्तीय पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। साथै, महिलाको आर्थिक सहभागिता बढाउँदै स्थानीय उत्पादन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकको छ।

कर्जासम्बन्धी थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Basanti Rai
Basanti Rai
2 months ago

Malai ni chahiyako x

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स