नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रका प्रतिनिधिहरुलाई विद्यमान वित्तीय चुनौतीहरूसँग मिलेर अघि बढ्न आग्रह गरेका छन्। नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँगको शिष्टाचार भेटका क्रममा गभर्नर पौडेलले यस्तो आह्वान गरेका हुन्।
भेटमा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै, अहिलेको चुनौती समाधान गर्न सबैले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताए। उनले समस्याहरू समाधान गर्न राष्ट्र बैंक पनि सकारात्मक रूपमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
संघका पदाधिकारीहरूले गभर्नर पौडेललाई आगामी कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, बैंकिङ क्षेत्र हाल केही समस्याहरूको सामना गरिरहेको उल्लेख गर्दै, उनीहरूले नीति तथा नियमन पक्षमा सहजीकरणको अपेक्षा राखेका थिए। उनीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ, विश्वसनीय र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकसँग निरन्तर सहकार्यको आवश्यकता औंल्याएका थिए।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया