पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाद्वारा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि कर्मचारी माग

feature 1785843751734 https://bajarkochirfar.com/government-job/power-construction-corporation-of-china-announces-vacancies-for-upper-trishuli-1-hydropower-project/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Power Construction Corporation of China, Ltd.
◆ पद (Position / Title):General Manager, Design Manager, Civil Engineer, Administration Officer, Quality Analysis Officer, Construction Foreman, Blaster Foreman
◆ रिक्त संख्या (Vacancies):१२
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०४/१७
◆ आवेदन दिने अन्तिम मिति (Close Date):७ दिन भित्र

◆ संक्षिप्त जानकारी (Summary):

रसुवा जिल्लामा निर्माणाधीन माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि विभिन्न ७ प्राविधिक तथा दक्ष पदहरूमा कर्मचारी माग गरिएको छ।

रसुवा जिल्लाको मैलुङ स्थित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण कार्यको लागि पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेडले विभिन्न ७ विधामा १२ जना प्राविधिक तथा दक्ष जनशक्तिको दरखास्त आह्वान गरेको छ। सूचना प्रकाशित भएको मिति २०८३/०४/१७ बाट ७ दिन भित्र इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको ठेगानामा आवेदन दिनुपर्नेछ।

माग गरिएका पदहरूमा जनरल म्यानेजर (१ जना), डिजाइन म्यानेजर (१ जना), सिभिल इन्जिनियर (२ जना), प्रशासन अधिकृत (३ जना), गुणस्तर विश्लेषण अधिकृत (२ जना), कन्स्ट्रक्सन फोरम्यान (२ जना) र ब्लास्टर फोरम्यान (१ जना) रहेका छन्। पद अनुसार न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक, एसोसिएट डिग्री, डिप्लोमा वा व्यावसायिक तालिम प्राप्त हुनुपर्ने र जलविद्युत निर्माण क्षेत्रमा २ देखि ८ वर्षसम्मको कार्य अनुभव हुनुपर्ने उल्लेख छ।

उम्मेदवारहरूले आयोजना स्थलमा रही कार्य गर्नुपर्नेछ भने कार्य अवधि १ वर्षको रहनेछ। तलब स्केल आपसी सम्झौतामा तय गरिनेछ। आवेदनका लागि आवश्यक कागजातहरू सहित ललितपुरको खुमलटारमा रहेको कार्यालय वा उपलब्ध गराइएको इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाद्वारा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि कर्मचारी माग

Related Opportunities

Organization

सूचना तथा सञ्चार मन्त्रालयद्वारा चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल पर्यटन बोर्डद्वारा कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा डीन र निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

स्वास्थ्य निर्देशनालय, धनकुटाद्वारा मेडिकल अधिकृत र नर्ससहित विभिन्न ८९ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स