सरकारको निर्णयअनुसार आज माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद–बिक्री तथा अन्य कारोबार नगदमा गर्न नपाइने भएको छ। अब त्यस्तो कारोबार गर्न आवश्यक रूपमा बैंकिङ उपकरण वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ।
नेपाल सरकारले पुस २४ गते राजपत्रमा जारी सूचना अनुसार, यो निर्णय सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४४ग. को उपदफा (१) अनुसार लागू गरिएको हो।तर, वित्तीय संस्थामा निक्षेप, बचत, सटही, कर्जा भुक्तानी तथा वित्तीय संस्था बीचको नगद कारोबारमा यो सीमा लाग्ने छैन। साथै, नगदको स्रोत र प्रयोजन खुलाउने शर्तमा व्यक्तिगत रूपमा नगद राख्न वा देशभित्र स्थानान्तरण गर्न पनि अनुमति छ।




















प्रतिकृया