अर्थमन्त्रीसँग रिसाएका बिजुली उद्योगीहरु बत्ति नदिने सम्मको आन्दोलनको तयारीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
अर्थमन्त्रीसँग रिसाएका बिजुली उद्योगीहरु बत्ति नदिने सम्मको आन्दोलनको तयारीमा
AdvertisementAds

आगामी आर्थिक वर्षका लागि जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा रन अफ रिभर जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद गर्दा ‘टेक एण्ड पे’ प्रणाली लागू गर्ने सरकारको निर्णयसँग असन्तुष्टि जनाउँदै निजी ऊर्जा उत्पादकहरु आन्दोलनको तयारीमा उत्रिएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले छिटै एक कार्यक्रम आयोजना गरि सरकारविरुद्धको आन्दोलनको खाका सार्वजनिक गर्न लागेको हो। इप्पान श्रोतका अनुसार  ‘बत्ती निभाउने’  सम्मको कार्यक्रम सहित आन्दोलनमा उत्रिने तयारी भएको छ ।

इप्पानले पछिल्ला वर्षहरूमा सरकार तथा नियामक निकायबाट आफूहरू पटक–पटक दबाबमा परेको र अहिले भने ‘टेक एण्ड पे’ नीतिका कारण निजी लगानी जोखिममा परेको भन्दै आन्दोलनको बाटो रोजेको बताइएको छ। यसअघि धितोपत्र बोर्डले समयमै आईपीओ निष्काशनको अनुमति नदिँदा अर्बौंको घाटा बेहोर्नुपरेको भन्दै इप्पानले गुनासो गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स