प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। भदौ २३ मा भएको जेनजी आन्दोलन र भदौ २४ मा भएको हिंसात्मक घटनापछि भदौ २७ मा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो। त्यस सरकारको मुख्य जिम्मेवारी फागुन २१ भित्र निर्वाचन सम्पन्न गराउने थियो। सोहीअनुसार आज देशभर निर्वाचन भइरहेको छ।
मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेका बेला आन्दोलनमा सक्रिय रहेका जेनजी अभियन्ताहरूले खुसी व्यक्त गरेका छन्।
जेनजी फ्रन्टकी संयोजक रक्षा बमले संकटका बेला संवैधानिक मर्यादा कायम राखेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेकी छन्। उनले आन्दोलनका क्रममा लोकतन्त्र जोगिएको अनुभूति भएको उल्लेख गर्दै आफ्नो पुस्ताले लोकतन्त्र पुनः दाबी गरेको बताएकी छन्।
त्यस्तै, जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्री कार्कीको दृढताले लोकतन्त्रलाई पुनः सही मार्गमा फर्काएको बताएकी छन्। उनले निर्वाचन रोक्न प्रयास गर्ने राजनीतिक दलहरू पनि अन्ततः प्रक्रियामा सहभागी हुन बाध्य भएको भन्दै यो लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएकी छन्।
अर्की अभियन्ता तनुजा पाण्डेले आजको मतदानलाई लोकतन्त्र संरक्षण मात्र नभई दण्डहीनता, विभाजनकारी राजनीति र गलत प्रवृत्तिविरुद्धको सशक्त सन्देश भएको बताएकी छन्।




![रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, कोको ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With-42-768x403.png)










![कस्तो रहला डा. भट्टको कार्यशैली ?, पूँजी बजारले खोजेको सुधारको सुरुवात हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-2-150x150.jpg)
प्रतिकृया