झापा क्षेत्र नम्बर-५ मा मध्याह्न १२ बजेसम्म करिब ४५ प्रतिशत मत खसेको छ।
मतदान अधिकृतका अनुसार हालसम्म कुल मतदाताको झन्डै आधाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता रहेका छन्।
मतदातामध्ये पुरुष ८१ हजार ८१, महिला ८२ हजार २९६ र अन्य दुई जना मतदाता रहेका छन्। यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र छन्।
यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया