काठमाडौं जिल्ला अदालतले ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। टोखाबाट सोमबार पक्राउ परेका अग्रवाललाई प्रहरीले सुरुमा ३ दिनको म्यादमा अनुसन्धान गरेको थियो। त्यसपछि बिहीबार अदालतबाट एक दिनको म्याद थपिएपछि शुक्रबार पुनः उपस्थित गराउँदा अदालतले थप चार दिन थुनामा राख्न आदेश दिएको हो।
अग्रवालमाथि धनुषा, जनकपुर उपमहानगरपालिका–१ निवासी ६० वर्षीय दिनेशप्रसाद साहलाई सेयर दिने प्रलोभन देखाएर झन्डै ६ करोड ४५ लाख रुपैयाँ ठगेको आरोप लागेको छ। यस प्रकरणमा अन्य दुई व्यक्ति पनि संलग्न रहेको खुलेको छ। तर, हालसम्म ती फरार छन् र प्रहरीले खोजी जारी राखेको जनाएको छ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया