दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भोलि (साउन १५) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत बराबर, अर्थात् ३९ लाख ५० हजार कित्ता साधारण सेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
पहिलो चरणमा आयोजनाबाट प्रभावितहरूलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ। सर्वसाधारणका लागि निष्काशन हुने २९ लाख १९ हजार ५०० कित्तामध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित राखिएको छ। बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन साउन १९ गतेसम्म दिन सकिनेछ भने आवेदन नपरेमा म्याद साउन २९ गतेसम्म लम्बाइनेछ। आईपीओको बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराइज क्यापिटलले सम्हालेको छ।



















प्रतिकृया