संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ४ गते
संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको राससलाई जानकारी दिए।

बैठक दिउँसो ३ः०० बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संयोजक स्नेहीले बताए । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, इन्जिनियर मोहन आचार्यलगायत आकाङ्क्षी छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स