Advertisement
Ads

गभर्नर नियुक्तिका लागि अर्थमन्त्री पौडेलको नेतृत्वमा समिति गठन



Advertisement
Ads

नेपाल सरकारले राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरेको छ। समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको समर्थनमा अर्थमन्त्री एमालेबाट र दुई जना सदस्य कांग्रेस निकट रहने गरी समिति गठन गरेका हुन्। पौडेल र भट्टराई कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।


Advertisement

समितिले तीनजनाको नाम सिफारिस गर्नेछ, जसअनुसार कानुनअनुसार तीमध्ये एक अनिवार्य रूपमा डेपुटी गभर्नर हुनुपर्ने व्यवस्था छ। गभर्नर पदका लागि हालका डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रसहित एक दर्जन दावेदार छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर