चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास, साउनदेखि असोजसम्म, वाणिज्य बैंकहरूले कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले १६ अर्ब १८ करोड नाफा कमाएका थिए।
यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक छ। ग्लोबल आइएमई बैंकको नाफा २२.९२ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। यस्तै, नबिल बैंक दोस्रो स्थानमा छ र यसले १ अर्ब ७५ करोड नाफा आर्जन गरेको भए पनि नाफा गत वर्षको तुलनामा १४.५७ प्रतिशत घटेको छ।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
तेस्रो स्थानमा प्राइम बैंक छ। प्राइम बैंकले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा २.२० प्रतिशत कम हो। एभरेष्ट बैंकले आफ्नो नाफा ४.५७ प्रतिशत बढाएर १ अर्ब १७ करोड ९२ लाख कमाउदा कुमारी बैंकको नाफा २ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयामा सिमित भएको छ।
पहिलो त्रैमासमा एनएमबी बैंकको नाफा २० प्रतिशत घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको ३ प्रतिशत घटेर ७० करोड २८ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.७२ प्रतिशत घटेर ६९ करोड २१ लाख रुपैयाँमा सिमित भएको छ।
पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा वृद्धि गर्ने बैंक भने राष्ट्रिय वाणिज्य बैंक बनेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा २९५ प्रतिशतले बढ्दा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ।
यता नेपाल बैंकको नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाखमा सिमित भएकोछ। सानिमा बैंकको नाफा १३ प्रतिशत बढ्दा ४५ करोड ४९ लाख नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा १६.९५ प्रतिशतले घटेर ४१ करोड ७९ लाख, लक्ष्मी सनराइज बैंकको ३८.०४ प्रतिशतले घटेर ३३ करोड २३ लाख र सिद्धार्थ बैंकको १५.१८ प्रतिशतले घटेर ३२ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ।
केही बैंकहरूमा नाफा अपेक्षाकृत कम देखिएको छ। एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढेर १२ करोड २१ लाख पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६ प्रतिशतले घटेर ४ करोड ५० लाखमा सिमित हुँदा र कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले घटेर ५७ लाख ३८ हजार रुपैयाँ पुगेको छ।
यस्तै, सिटिजन्स बैंकको नाफा २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।


प्रतिकृया