चार सचिवको सरुवा, दुईको बढुवा र एक नयाँ नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १३ गते
चार सचिवको सरुवा, दुईको बढुवा र एक नयाँ नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरूको सरुवा, दुई जना सहसचिवको सचिवमा बढुवा तथा एक जनाको नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ।

सरुवाका क्रममा, शिक्षा मन्त्रालयका सचिव उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा पठाइएको छ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य मन्त्रालयमा भने प्रदेश सचिव महादेव पन्थलाई ल्याइएको छ।

बैठकमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सिनालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

यसका साथै, सहसचिव दिनानाथ मिश्र र सहसचिव भुपाल बराललाई सचिवमा बढुवा गरिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालको अवकाशपछि रिक्त पदमा मिश्रलाई बढुवा गरिएको हो।

लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको समितिले प्राविधिकतर्फ रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव दिनानाथ मिश्र, चिरञ्जीवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो। तीमध्ये मिश्रलाई सचिव बनाइएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स