बुङ्गल हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २ गते
बुङ्गल हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरिएको हो।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबर, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० साधारण सेयर निष्काशन गरेको थियो। यसमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत बाँडफाँड गरिएको छ। अन्ततः कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कसरी हेर्ने बुङ्गल हाइड्रो लिमिटेडको आईपीओको नतिजा ?

1. हिमालयन क्यापिटल लिमिटेड

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स