युक्रेनको युद्ध रोक्न बेलायत र फ्रान्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
युक्रेनको युद्ध रोक्न बेलायत र फ्रान्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने

बेलायत र फ्रान्सले युक्रेनमा युद्ध रोक्न योजना बनाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने भएका छन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्की र फ्रान्सका राष्ट्रपति म्याक्रोंसँग सहमति गरेर उक्त योजना अघि बढाउने बताएका छन्।

यसैबीच, लन्डनमा युरोपेली नेताहरूको बैठकमा युक्रेनलाई निरन्तर सहायता दिने सहमति भएको छ। ह्वाइट हाउसमा जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच विवाद भएपछि ट्रम्पले सहायता रोक्न सक्ने संकेत दिएका थिए। तर, बेलायत र फ्रान्सले सुलह गराउन पहल गरिरहेका छन्।

युरोपेली देशहरूले अमेरिकाको समर्थन खोज्दै, आवश्यक परे रक्षा खर्च वृद्धि गर्ने तयारी गरिरहेका छन्।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स