हिजोदेखि सुरु भएको नाडा अटो–शो २०२५ मा स्काईवेल ईभीका नेपालका आधिकारिक वितरक जी मोटर्सले ‘ग्रान्ड स्किम’ लन्च गरेका छन्। अटो–शोमा स्काईवेल ईभी बुक गर्ने ग्राहकले आफ्ना परिवारसहित (एक जोडी र दुई बालबालिका) युरोप टुरको अवसर पाउनेछन्।
साथै, प्रत्येक बुकिङमा क्लासिक डायमन्ड नेकलेस दिइनेछ भने एक जना भाग्यशाली ग्राहकले रोलेक्स घडी जित्नेछन्। पुरानो गाडी साट्ने ग्राहकका लागि कम्पनीले विशेष एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ।
नेपाली बजारमा उपलब्ध स्काईवेल ईटी५ लङ–रेन्ज मोडलको मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ। बीई११ मोडलको मूल्य ७९ लाख ९० हजारदेखि ८९ लाख ९० हजार रुपैयाँसम्म रहेको छ। बीई११ मोडल ४१० र ५२० किलोमिटरको रेन्जमा उपलब्ध छ र दुवै मोडल फुल–साइज एसयूभी हुन्।











![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)






![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया