बिटक्वाइनको मूल्यमा २०२२ यताकै ठूलो गिरावट, मूल्य कति पुग्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
बिटक्वाइनको मूल्यमा २०२२ यताकै ठूलो गिरावट, मूल्य कति पुग्यो?

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घट्दै २०२२ यताकै ठूलो मासिक गिरावट भएको छ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि बिटक्वाइनसहित विभिन्न क्रिप्टोकरेन्सीको मूल्य बढे पनि फेब्रुअरी महिनामा बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको छ। यो २०२२ यताकै ठूलो मासिक गिरावट हो।

गत जनवरीको मध्यतिर बिटक्वाइनको मूल्य उच्चतम १ लाख ९ हजार ७१ अमेरिकी डलर पुगेको थियो। तर, फेब्रुअरीमा घट्दै सबैभन्दा कम ७८ हजार २७३ डलरमा पुगेको छ। अन्तिम कारोबार मूल्य भने ८४ हजार २५२ अमेरिकी डलरमा बन्द भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स