नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरूको समूहले झन्डै दुई लाख किलो आलु उद्योगपति विनोद चौधरीलाई बेचेको खुलासा गरेका छन्।
तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले चौधरीले सुरुमा कम मात्रामा उत्पादन हुने ठानेको भए पनि अपेक्षाभन्दा धेरै आलु आपूर्ति भएपछि अचम्ममा परेको बताए।
चौधरीले हालसम्म आफूलाई सबैभन्दा धेरै आलु सप्लाई गर्ने इकाइ नेकपा नै भएको बताएका पनि उनले उल्लेख गरे। विप्लवले पार्टीले काठमाडौंसहित तीन स्थानमा सञ्चालनमा ल्याएको साना उद्योगहरू नाफामा चलिरहेको र किसानसँगको विश्वास बढ्दै गएको बताए।
यद्यपि, केही माओवादी समर्थकहरूले किसानलाई भ्रम फैलाउने काम गरेकोप्रति उनले गुनासो पनि गरे।
















प्रतिकृया