टिकटक प्रतिबन्धको सम्भावना बढ्दै जाँदा चिनियाँ एप रेडनोटमा प्रयोगकर्ताको आकर्षण

टिकटक प्रतिबन्धको सम्भावना बढ्दै जाँदा चिनियाँ एप रेडनोटमा प्रयोगकर्ताको आकर्षण
AdvertisementAds

अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बढ्दै जाँदा चिनियाँ एप रेडनोटमा अमेरिकी टिकटक प्रयोगकर्ताहरूको भिड लागिरहेको छ ।सोमबार अमेरिकामा एप्पलको एप स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । चीन, ताइवान र मदारिन भाषा बोल्ने जनसङ्ख्या धेरै भएको ठाउँमा यो एप खासगरी युवाहरूमाझ निकै लोकप्रिय छ । यसमा करिब ३० करोड सक्रिय प्रयोगकर्ता छन् ।

टिकटक प्रतिबन्धको खतरा बढ्दै जाँदा अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठूलो सङ्ख्यामा रेडनोटतर्फ आकर्षित भएका छन् । यो एप चीनमा ‘सियाओहोङ्सु’ नामले चिनिन्छ । एप्पल एपस्टोरमा रेडनोटपछि सबैभन्दा बढी डाउनलोड हुनेमा टिकटकको सिस्टर एप लेमन एट रहेको छ ।

आगामी आइतबार अर्थात् ‍१९ जनवरीमा टिकटकमाथि प्रतिबन्ध लागेपछि रेडनोटमा स्विच गर्ने बताएका छन् । अमेरिकी कानुनले यस प्लेटफर्मलाई चीनमा रहेको यसको अभिभावक कम्पनी बाइटडान्ससँगको सम्बन्ध तोड्न वा अमेरिकी कार्य सञ्चालन बन्द गर्न बाध्य भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स