याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

Apr 19, 2026

याम्बालिङ हाइड्रोपावर लिमिटेडको स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड मिति २०८३ वैशाख ६ गते सम्पन्न भएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्काशनमा कूल १,७०९ जना योग्य आवेदकहरू छनोट भएका छन्।

यस निष्काशनमा ७ लाख कित्ता सेयर बिक्रीमा ल्याइएको थियो। १० देखि ७७० कित्तासम्म आवेदन दिने १,२४६ जनाले माग बमोजिम सेयर पाएका छन् भने ८०० देखि ७,००० कित्ताका आवेदकलाई गोलाप्रथामार्फत थप सेयर बाँडफाँड गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स