याम्बालिङ्ग हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ७ लाख कित्ता साधारण शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रति सेयर १०० अंकित मूल्यको ७ करोड रुपैयाँ बराबरको सेयर मिति २०८३ साल वैशाख ६ गतेका दिन बाँडफाँड गरेको हो।
बाँडफाँटमा सेयर नपरेका वा आंशिक सेयर परेका आवेदकहरूको पैसा २०८३ वैशाख ९ गते बुधबारदेखि निजहरूको बैंक खातामै फिर्ता पठाउने व्यवस्था मिलाइएको छ। लगानीकर्ताहरूले बाँडफाँडको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्नेछन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
