एसवाई प्यानल नेपालद्वारा आईपीओबाट प्राप्त पुँजीले नयाँ कारखाना उद्घाटन

Apr 17, 2026

एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको सार्वजनिक सेयर निष्काशन (आईपीओ) बाट संकलन भएको पूँजीको उपयोग सम्बन्धी जानकारी गराएको छ। कम्पनीले आईपीओबाट प्राप्त ३९ करोड रुपैयाँ समेत गरी कुल ४० करोड रुपैयाँको लगानीमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १४ मा नयाँ कारखाना सञ्चालनमा ल्याएको छ।

उक्त एस.वाई. यु.पि.भि.सि. प्रोफाइल प्रा.लि. को कारखानाको औपचारिक रुपमा उद्घाटन गरिएको छ। कार्यक्रममा एसवाई कम्पनीका सीईओ हङ सङ बु, रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र वडा अध्यक्ष होमनाथ रानाभाटले संयुक्त रुपमा शिलान्यास तथा उद्घाटन गरेका थिए।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स