लक्ष्मी सनराइज क्यापिटललाई ‘एलएस होराइजन १२’ म्युचुअल फण्ड निष्काशन गर्न बोर्डको अनुमति

Apr 15, 2026

नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई ‘एलएस होराइजन १२’ नामक नयाँ सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यो बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो जसको कुल आकार १२ करोड इकाई रहेको छ।

यस योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ भने योजना व्यवस्थापक तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ। बोर्डले यस विवरण पुस्तिका प्रकाशनका लागि २०८३ साल वैशाख २ गते अनुमति दिएको हो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स