सामलिङ्ग पावर कम्पनीले नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्रका लागि आवेदन दिने

Apr 16, 2026

सामलिङ्ग पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले नयाँ जलविद्युत आयोजनाको अध्ययन र निर्माण प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण निर्णय गरेको छ। मिति २०८३ वैशाख २ गते बसेको बैठकले उक्त नयाँ आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र प्राप्त गर्नका लागि विद्युत विकास विभागमा आवेदन दिने निर्णय गरेको हो।

कम्पनीले यस सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक रूपमा गराएको छ। नयाँ जलविद्युत आयोजनाको निर्माण, विकास तथा अध्ययनका लागि आवश्यक प्रक्रिया अघि बढाउने उद्देश्यले यो कदम चालिएको कम्पनीले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स