सालपा विकास बैंकले ऋण नतिर्ने ऋणीको घरजग्गा लिलाम गर्दै

Apr 19, 2026

सालपा विकास बैंक लिमिटेडले शाखा कार्यालय ऐसेलुखर्क र दिक्तेल खोटाङ अन्तर्गतका ऋणीहरूले पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेपछि धितोमा रहेको चल-अचल सम्पत्ति लिलाम गर्ने सार्वजनिक सूचना जारी गरेको छ। यस सूचना अनुसार खोटाङका भीम सेन गुरुङ र संगिता गुरुङको नाममा दर्ता रहेका जग्गा र घरहरूलाई सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ।

इच्छुक महानुभावहरूले बैंकले तोकेका सर्तहरूको अधिनमा रही वैशाख २१ गते दिउँसो २:०० बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लिलामी प्रक्रियाबाट बैंकको सम्पूर्ण बक्यौता रकम असुल नभएमा ऋणी तथा जमानीकर्ताको अन्य सम्पत्तिबाट असुल गरिने र उनीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स