पिपल्स पावर लिमिटेडको लेखापरीक्षक नियुक्ति र कार्यालय स्थानान्तरण

Apr 15, 2026

पिपल्स पावर लिमिटेडको नवौँ वार्षिक साधारणसभा २०८२ चैत २९ गते सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि विजय सिंह पराजुलीको पि.एल.आर.जि एसोसिएट्सलाई चार्टर्ड एकाउन्टेन्टका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।

साथै सोही साधारणसभाले कम्पनीको रजिष्टर्ड कार्यालय हालको काठमाडौं महानगरपालिका वडा नम्बर २ खुर्सानीटारबाट परिवर्तन गरी वडा नम्बर ५ भाटभटेनीमा स्थानान्तरण गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ। कम्पनी सचिव रन्जन आचार्यले यस निर्णयका बारेमा नेपाल स्टक एक्सचेन्ज लगायतका सम्बन्धित निकायहरूलाई औपचारिक जानकारी गराएका छन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स