एनएमबि बैंकद्वारा रेड ह्याट भिडीसी लाइसेन्सका लागि बोलपत्र आह्वान

Apr 17, 2026

एनएमबि बैंक लिमिटेडले तीन वर्षको लागि रेड ह्याट भिडीसी लाइसेन्स आपूर्ति र डेलिभरी गर्न योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले रु २,००० फिर्ता नहुने शुल्क जम्मा गरी बैंकको ‘बिड डकुमेन्ट पर्चेज पार्किङ’ खाता मार्फत आरएफपी कागजात प्राप्त गर्न सक्नेछन्।

बोलपत्रदाताहरू रेड ह्याटको आधिकारिक साझेदार हुनुपर्ने र नेपालमा कम्तीमा दुईवटा यस्तै लाइसेन्स उपलब्ध गराएको अनुभव हुनुपर्नेछ। शिलबन्दी बोलपत्रहरू २०८३ वैशाख १० गते (२३ अप्रिल २०२६) साँझ ५:०० बजेभित्र बैंकको नयाँ बानेश्वरस्थित कार्यालयमा बुझाउनुपर्नेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स