एनएमबि बैंकको ऋणीले ऋण नतिरेपछि जमानतकर्ता तानिए, ९० दिनभित्र नतिरे कालोसूचीमा राखिने

Mar 20, 2026

एनएमबि बैंक लिमिटेडले विभिन्न चारवटा ऋणी संस्थाहरूका जमानतकर्ताहरूलाई ९० दिनभित्र कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। ऋणीहरूले सावाँ ब्याज भुक्तान नगरेको र धितो लिलामीबाट पनि रकम असुल नभएपछि यो कदम चालिएको हो।

यस सूचनामा थापा किराना पसल, प्रभु हार्डवेयर, सौरभ हार्डवेयर र देव ईट्टा उद्योगसँग सम्बन्धित जमानतकर्ताहरूलाई सम्पर्क गर्न भनिएको छ। म्यादभित्र रकम नतिरेमा कानुन बमोजिम कालोसूचीमा राख्ने र थप कानुनी प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स