नबिल बैंक लिमिटेडले विभिन्न बिमा सेवाहरूका लागि इच्छुक कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ। यस अन्तर्गत बैंकको बीबीआई र मुद्रा नीति, कार्यालयका चार पाङ्ग्रे सवारी साधन, बैंकका सम्पूर्ण सम्पत्तिहरू, कर्मचारीका दुई पाङ्ग्रे सवारी साधन र सुन कर्जा अन्तर्गत धितो राखिएको सुनको बिमा समावेश गरिएको छ।
इच्छुक कम्पनीहरूले आवश्यक कागजातहरूसहित २०८३ असार १० गते (२४ जुन २०२६) अपराह्न ४:०० बजेभित्र काठमाडौंको घण्टाघरस्थित बैंकको केन्द्रीय कार्यालयमा प्रस्ताव पेश गर्नुपर्नेछ। प्राप्त बोलपत्रहरू २०८३ असार ११ गते बिहान ११:०० बजे खोलिने बैंकले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
